किन हुन्छ युरिक एसिड र कसरी थाहा पाउने ? यस्ता देखिन्छन् लक्षणहरु — OSNepal

किन हुन्छ युरिक एसिड र कसरी थाहा पाउने ? यस्ता देखिन्छन् लक्षणहरु

LC (KTM) August 09, 2021 0

काठमाडौं । शरीरमा रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु राम्रो हुन्छ । यसका लागि खानपान र जीवनशैलीमा ध्यान दिनु आवश्यक छ । पछिल्लो समय अधिकांश मानिसमा देखापरेको रोग हो, युरिक एसिड । शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्रामरडेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ ।

यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था आउँछ । राति सुत्ने वेलामा सामान्य रहेको मानिस बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । यसका साथै युरिक एसिड लागेमा कुर्कुच्चा, घुँडा, औँला र कुहिनो अकस्मात् दुख्ने गर्छ । यस्तो समस्या जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ ।शरीरभित्रको युरिक एसिड पगाल्ने इन्जायमको कमीका कारण संक्रमण भई ७० प्रतिशतलाई यस्तो समस्या हुने गर्छ । कतिपयमा खानामा प्रोटिन बढी भएर वा वंशाणुगत कारणले पनि लाग्ने गर्छ ।

कसरी बच्ने ?
युरिक एसिडको लक्षण देखिएमा रगतमा युरिक एसिडको मात्रा परीक्षण गर्न आवश्यक हुन्छ । यद्यपि, लक्षणबारे थाहा नभएमा नियमित रगत जाँच गर्दा राम्रो हुन्छ ।दुखेको अवस्थामा सुन्निने समस्या भएमा जथाभावी रूपमा पेनकिलर प्रयोग गर्नुहुँदैन । यस्ता औषधिको प्रयोग गर्दा अनिवार्य रूपमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । यस्ता औषधि सामान्यतया सातदेखि १० दिनसम्म प्रयोग गर्दा हुन्छ ।

युरिक एसिडको मात्रा अत्यधिक बढी भएमा, युरिक एसिडका कणहरू मासु तथा जोर्नीमा जम्मा भएको अवस्थामा यस्तो समस्या घटाउन चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । सामान्यतया यस्तो औषधि ३ देखि ६ महिनासम्म सेवन गर्नुपर्छ ।
युरिक एसिडबाट ग्रसित व्यक्तिले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । किनकि, पानीले युरिक एसिडलाई पिसाबका माध्यमबाट हटाउने काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर