सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा समातिए सुबेदी • OSNepal

सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा समातिए सुबेदी

Osnepal Admin (KTM) August 09, 2021 0

काठमाडौं, २५ साउन- बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीय मानिसहरुको सहयोगमा अन्जितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर