सुमनको नाममा यस्तो मार्मिक पत्र लेखेर बिदा भइन् सिर्जना — OSNepal

सुमनको नाममा यस्तो मार्मिक पत्र लेखेर बिदा भइन् सिर्जना

LC (KTM) August 09, 2021 0

काठमाडौ । नेपाल आर्मीका एक जवान सुमन क्षेत्री र श्रीजना सुनारबीच प्रेम थियो । लामो समय उनीहरु प्रेममा थिए । जब श्रीजना ग’र्भव’ती भइन् त्यसपछि सुमन उनीवाट टाढा हुन खोजे । ग’ र्भ फा’ ले पछि मात्र म तँ संग विवाह गर्छु भनेर श्रीजनालाई फकाए । उनले श्रीजनाको इच्छा विपरित अस्पताल लिएर गए । उनको आफन्तले भने अनुसार ८ महिना हुन लागेको ग’र्भ नि’का’लियो । एक आफन्त भन्छिन्, उसले जब र जस्ती लिएर अस्पताल लिएर गयो । जाँच गराउन जान भनेर अस्पताल लगेर सुमनले झुक्याएका थिए । मेरो बहिनीले मलाई भनेकी थिइ, त्यसैले मैले थाहा पाएँ, उनी भन्छिन् ।

सुमन त्यसपछि टाढा हुन थालेपछि श्रीजना प्रहरीको शरणमा पुगीन् । आफुले मन पराएको मानिस सुमनसंग प्रहरीको रोहवरमा विवाह पनि भयो । यति धेरै संघर्षपछि सुमनसंग विवाह गर्न पाएकोमा श्रीजना खुसी नै थिइन् । श्रीजना हल्का भएपछि विवाह गर्न इन्कार गरेका सुमनलाई प्रहरीले भेटाएको थियो । मन्दीरमा लगेर सुमनले श्रीजनासंग विवाह गरे । विवाहको भिडियो पनि सार्वजनिक भएको छ ।

बुटवलको पुरानो वसपार्कमा उनले विवाह पछि श्रीजनालाई कोठा खोजेर राखिदिए । उनले घर पनि लगेनन् । तर साउन २० गते राती श्रीजना आफ्नै कोठामा मृत अवस्थामा फेला परिन् । श्रीजनाका परिवारले सुमनकै कारण घटना भएको भन्दै निश्पक्ष छानविनको माग गरेका छन् । विवाह पछि पनि बसेको गर्भ

श्रीमानको नाम लेखेर श्रीजनाले देह त्याग गरेकी छन् । श्रीमानलाई मैले निकै माया गर्थे तर उसले मेरो माया बुझ्न सकेन । हजुरकै खुसीका लागि मैले यो संसार छोड्दैछु भनेर उनले नोट पनि लेखेकी छन् । श्रीमान अर्की शुष्मा भन्ने युवतीसंग नजिक भएको आफुले थाहा पाएको पनि उनले नोटमा लखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर