यो हो पैसा फल्ने दुनियाकै अचम्मको रुख, अनौठो रुख हेर्न लाग्छ मानिसहरुको लाइन — OSNepal

यो हो पैसा फल्ने दुनियाकै अचम्मको रुख, अनौठो रुख हेर्न लाग्छ मानिसहरुको लाइन

LC (KTM) August 09, 2021 0

एजेन्सी। पैसा फल्ने रुख तपाईले कहिल्यै देख्नुभएको छ ? पैसा रुखमा फल्दैन भन्ने कुराको अपवादको रुपमा रहेको रुख बेलायतको पीक जिल्लामा रहेको छ । १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडिएका छन् ।

खास कुरा त के भने यहाँ बेलायती मात्रै होइन संसारका हरेक देशका सिक्का जोडिएका कारण यो रुख बहुमूल्य बन्दै गइरहेको छ ।

यो रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वासका साथ दिनानुदिन सिक्का खोप्नेको संख्या बढ्दै गइरहेको छ ।

वेल्स राज्यको पोर्टमोरियन गाउँमा भएको यो रुख चर्चित पर्यटकीय स्थल बनिसकेको छ जहाँ यो रुखलाई हेर्नकै लागी भनेर दैनिक कैयौँ पर्यटक जाने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर