चम्सुरको साग खाँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा — OSNepal

चम्सुरको साग खाँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा

LC (KTM) August 09, 2021 0

काठमाडौ-चम्सुरको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुको भान्सामा नियमित पकाउने गरिन्छ । यसको सागले विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ ।

चम्सुर चिसो, रुघाखोकी, जिउ दुख्ने समस्या हुनेले चम्सुरको साग सेवन गर्दा फाइदा गर्छ । प्रचुर मात्रामा भिटामिन पाइने सागको सेवनले शरीरका विजातीय ९काम नलाग्ने० पदार्थहरू हटाउँछ । त्यस्तै, शरीरमा मुसा, खटिरा, छालाको रोग, दाद, डन्डिफोर, दुबी भएमा हरियो रस या लेदो बनाएर औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।

बास्नादार चम्सुर मसलाको रूपमा पनि प्रयोग गरिन्छ । चम्सुरको दाना खिरमा हाली पकाएर खाँदा शक्ति बढाउँछ । सुप सुपको साग गर्मी भएको अवस्थामा सेवन गर्दा शितलता दिन्छ । यसले खाना पचाउन मद्दत गर्छ । गर्भाशयलाई उत्तेजना दिन्छ र रगत बढाउँछ । सुप नियमित सेवन गर्दा मुटुलाई पनि फाइदा गर्छ । प्रसूतिसम्बन्धी रोग भएकालाई राम्रो गर्छ ।

यसको बीजमा एपियोल नाम गरेको रासायनिक तत्वका साथै ३ देखि ५ प्रतिशत उडनशील तेल रहन्छ । सो सुगन्धित तेलबाट अत्तरसमेत उत्पादन गर्न सकिन्छ । दैनिक एक गिलास तातो पानीमा एक–दुई ग्राम या पाँच थोपा रस मिसाएर पिउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर