छोरी जन्माएको भन्दै पतिले हिरोइन जस्ती राम्री पत्निको प्रेमलाई बुझेनन् — OSNepal

छोरी जन्माएको भन्दै पतिले हिरोइन जस्ती राम्री पत्निको प्रेमलाई बुझेनन्

LC (KTM) August 09, 2021 0

आफ्नै श्रीमानले म एक जना केटी लिएर आउँछु तिमी नरिसाउ है भनेर भन्दा श्रीमतीले कसरी सहिन् होला ? उनलाई नागरिकता चाहिएको थियो । त्यसैले श्रीमानको त्यस्तो माग पनि स्वीकार गरिन् । श्रीमानले आफ्नै अगाडी अर्की युवतीलाई बोलाए एउटै कोठामा उनीहरुबीच सम्पर्क भयो । श्रीमतीले नदेखेजस्तो गरेर एउटै कोठामा बसिन् ।

तर जब नागरिकता बनाउने बेला भयो श्रीमानले बोले फेरे । प्रेम विवाह गरेका उनीहरुको छोरी जन्मिएपछि उनको श्रीमान र परिवारको ब्यवहार फेरीएको थियो । छोरी जन्मियो भनेर मलाई हेला गर्न थाले । बस्नै नसकेपछि हामी आमाछोरीलाई अलग्गै राखिदिनुभयो, उनले भनिन्, विदेश जानु अघि पनि म मोजमस्ती गरेर बस्ने हो । तिमीहरुको वास्ता छैन भन्नुभएको थियो ।

उनको एउटा छोरी छ । छोरीलाई पनि उनले विदेशवाट फोन गरेर म तेरो बुवा होइन अर्कै बुवा खोज भनेर भन्ने गरेको पनि बताइन् । आफु माइत हुँदा पनि श्रीमानले अर्कै युवती लिएर आउने गरेको पनि श्रीमतीको भनाई छ । विदेशमा हुँदा श्रीमानले आफुलाई छाडा भिडियो पठाउन लगाउँदा नमानेपछि आरोप लगाउने गरेको उनको भनाई छ ।

उनले मन मिल्दा सम्म त्यस्ता भिडियो साटासाट गर्ने तर मन मिल्न छोडेपछि त्यो भिडियो अरुलाई सार्वजनिक गर्ने गरेको घटना आफुले थाहा पाएकाले त्यस्तो भिडियो पठाउन मन नलाग्ने बताएकी छन् । उनले अब छोरीको न्यायको लागि मात्र श्रीमानको खोजी गरेको बताएकी छन् । मलाई हेर्न पर्दैन, मलाई कुनै आश पनि छैन । हिँजो पनि हेरेको थिएन अब झन मलाई के वास्ता गर्ला र तर छोरी ७ वर्षको भइसकिन् छोरीको न्यायको लागि आफुले श्रीमानको खोजी गरेको उनको भनाई छ ।

श्रीमान विदेशमा छन् । ५ वर्ष देखि सम्पर्क विहिन भएपछि उनी काखमा छोरी लिएर उनलाई खोज्न हिडेकी हुन् । मिडियामा कुरा सार्वजनिक गरेपछि श्रीमान सम्पर्कमा आउने आशमा उनले आफ्ना कुरा सार्वजनिक गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर