काठमाडौं । नवगायक संकल्प श्रेष्ठको डेब्यु गीत ‘झुठै भएनी’ सार्वजनिक भएको छ। गीतका शब्द, संगीत र स्वर गायक श्रेष्ठकै रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन निकोलस गुरुङले गरेका छन्। भिडियोमा सागर थापा धु्रव, मनिषा गुरुङ र रोहन नेपालीको आकर्षक अभिनय देख्न सकिन्छ।
भिडियोलाई जीवन्त बनाउन सन्दीप तिवारीले छायांकन तथा रङ संयोजन गरेका छन् भने अनुप गुरुङले सम्पादनको जिम्मेवारी सम्हालेका छन्। कथा, पटकथा र सह-निर्देशन सैलेश त्साजनको रहेको भिडियोलाई चंगा प्रोडक्सनले निर्माण गरेको हो।
भिडियो ‘संकल्प श्रेष्ठ’ नामक गायककै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियाका निर्माता विवेक गुरुङ रहेका छन्। निर्माण पक्षले भिडियो हेरेर दर्शक-श्रोताहरूलाई आफ्ना सुझाव तथा प्रतिक्रिया दिन आग्रह गरेको छ।