यसरी खानुपर्छ टिमुर जसले स्वाद बढाउनुका साथै स्वास्थ्यमा पनि फाइदा गर्छ, जानिराखौँ — OSNepal

यसरी खानुपर्छ टिमुर जसले स्वाद बढाउनुका साथै स्वास्थ्यमा पनि फाइदा गर्छ, जानिराखौँ

LC (KTM) August 09, 2021 0

काठमाडौ-टिमुर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसलाई हामि प्राय अचार बनाउन प्रयोग गर्छौं । यसलाई विभिन्न नुडल्सहरुमा स्वाद बढाउनको लागी पनि प्रयोग गर्ने गरिन्छ । यसको हामि गाँउ घरमा चटनि पिदेर खाने गरिन्छ ।यसलाई हामी औषधिको लागी पनि प्रयोग गर्न सक्छौं ।

तर धेरै मानिसहरु यस बारेमा अज्ञात छन् । टिमुर लेकमा पाइन्छ यसको बुटा सानो सानो हुन्छ । टिमुरको रुखमा काडा हुने भएकाले टिप्न पलि गार्हौ हुन्छ । यसले पुर्याउने फाइदा बारेमा तपाईलाई थाहा भयो भने तपाई यसलाई खोजी खोजी खानुहुनेछ ।टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ ।

आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजाआदी समस्यालाई निको पार्ने काम गर्छ । आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।(गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरि निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ ।

कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुगाहरुलाई मार्नको लागि पनि सहयोग पुर्‍याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर