मनिष श्रेष्ठको शब्द तथा संगीतमा नयाँ गीत ‘घरको छेउमा तुलसी’ सार्वजनिक — OSNepal

मनिष श्रेष्ठको शब्द तथा संगीतमा नयाँ गीत ‘घरको छेउमा तुलसी’ सार्वजनिक

admin June 08, 2025 0

गायक सुशील रुचाल र गायिका सिम्रन परियारको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘घरको छेउमा तुलसी’ गीतको भिडियो सार्वजनिक भएको छ । मनिष श्रेष्ठको शब्द तथा संगीतमा तयार गरिएको गीतमा नेपाली मौलिकता र आत्मीयता भरिएको शब्दलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा संगीत संयोजन तथा मिक्सिङ र मास्टरीङ आकाश नेपालीले गरेका छन भने रेकर्डिङ कार्य सा रे गा मा स्टुडियोमा सम्पन्न गरिएको हो । रत्न बीकेको बाँसुरी र मदन रेग्मीको मादलले गीतमा लोकशैलीको मिठास थपेका छन । गीत र भिडियोले समग्रमा नेपाली युवाको सिर्जनशीलता, प्रतिभा र सांस्कृतिक सम्पदाप्रतिको लगावलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ।

दर्शक र संगीतप्रेमीहरूले गीतलाई मन पराउने अपेक्षा गरिएको छ। भिडियोतर्फ, निर्देशन र कोरियोग्राफी स्वयं मनिष श्रेष्ठले गरेका छन्न । भिडियोमा युसना केसी, मनिष श्रेष्ठ, सुसिल रुचाल र मदन क्षेत्रीको मुख्य अभिनय रहेको छ। साथमा टिम जलिशा श्रेष्ठ र केयर इङ्लिस बोर्डिङ स्कुल, गौशालाका विद्यार्थीहरूले सामूहिक नृत्य प्रस्तुति दिएका छन्, जसले भिडियोलाई अझै आकर्षक बनाएको छ । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका छन भने सम्पादन, रंग संयोजन र पोस्टर डिजाइन पदन सुवेदीले गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर