OSNepal बुधबार, मंसिर २२ २०७८

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यी तिन जनाबाट प्रहरीले बरामत गर्यो ९ लाख ९३ हजार रुपैयाँ जाली नोट

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यी तिन जनाबाट प्रहरीले बरामत गर्यो ९ लाख ९३ हजार रुपैयाँ जाली नोट

  • OSNepal
  • सोमबार, साउन २५ २०७८


भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका  यी तिन जनाबाट  प्रहरीले बरामत गर्यो ९ लाख ९३ हजार रुपैयाँ जाली नोट
Reading Time: < 1 minute

रौतहट २५ साउन । ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ जाली नोट सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका-४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको उक्त जाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड