लण्डन — ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा बिजनेस स्टडी तर्फ लण्डनकै कलेजहरु मध्ये दोस्रो स्थान हासिल गर्न सफल भएको छ। यो उपलब्धि सानो नभएको बताउँदै ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनका नेपाल प्रतिनिधि ए.आर. एजुकेसनका डेपुटी डाइरेक्टर संजना पाण्डेले भनिन्, “हामीले सुरु देखि नै निरन्तर नेपाली विद्यार्थीहरुलाई ब्लुम्स्बरी इन्स्टिच्युटमा पठाउँदै आएका छौं। अन्तर्राष्ट्रिय विद्यार्थीको उच्च सम्मान गर्ने यस कलेजले नेपाली विद्यार्थीहरुलाई राम्रो रेस्पोन्स दिएको छ र भिसा सक्सेस रेट पनि राम्रो नै छ।”
सन् २००२ मा स्थापना भएको ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन सेन्ट्रल लण्डनको बेडफर्ड स्क्वायरमा अवस्थित छ। अत्याधुनिक सुविधा सम्पन्न भवन, आवश्यक भौतिक संरचना तथा समय सापेक्ष शिक्षण पद्धति रहेको यस कलेजले निरन्तर लण्डनका उत्कृष्ट कलेजमध्ये स्थान सुरक्षित गर्दै आएको पाण्डेले बताइन्। “४० भन्दा बढी देशका विद्यार्थीहरु पठन पाठन गर्ने यस कलेजमा नेपाली विद्यार्थीहरुको पनि राम्रो उपस्थिति छ,” उनले भनिन्, “कलेज सेन्ट्रल लण्डनमा भएकाले पढाइ उत्कृष्ट छ, विद्यार्थीलाई समस्या पर्दा तुरुन्त सम्बोधन हुन्छ, एफोर्डेबल शुल्क संरचना छ, अनि कलेजको छवि र मान्यता पनि राम्रो छ।”
बिजनेस स्टडीका अलावा विभिन्न कलेज तथा विश्वविद्यालयमा पाइने सिकाइका अवसर र विद्यार्थीहरुको शैक्षिक हितका क्षेत्रमा समेत ब्लुम्स्बरी इन्स्टिच्युटले उच्च स्थान हासिल गरेको छ।
फेब्रुअरी, जुन र अक्टोबर गरी वर्षमा तीनपटक विद्यार्थी भर्ना लिने ब्लुम्स्बरी इन्स्टिच्युटले ब्यवस्थापन, फाइनान्स र कानुनका क्षेत्रमा विभिन्न कोर्सहरु सञ्चालन गर्दै आएको छ। कलेजमा विए बिजनेस म्यानेजमेन्ट, एमबीए, एमएससी म्यानेजमेन्ट, सीएमआई, फाइनान्सतर्फ बीएससी एकाउन्टिङ एण्ड फाइनान्स, एमएससी एकाउन्टिङ एण्ड फाइनान्स, एमएससी फाइनान्स एण्ड वेल्थ म्यानेजमेन्ट, सीआईएमए र एसिसिए कोर्सहरुमा विद्यार्थीहरु भर्ना हुने गर्छन्। कानुनतर्फ एलएलबी ल एण्ड लिगल प्राक्टिस तथा सीआईएलईएक जस्ता कोर्सहरु पनि कलेजमा उपलब्ध छन्।