गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन्’ — OSNepal

गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन्’

LC (KTM) June 10, 2025 0

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन् । मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैंमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका हुन् ।

‘अंगिकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैर आवसीय नेपाली नागरिकताको लागि पनि सिमा तोकेर गैर आवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछ भन्नुको मतलव राजनीतिक अधिकार प्राप्त गर्दैन भन्ने अर्थ मान्ने हो । तर एनआरएनए आफैमा एउटा नागरिकता हो,’ उनले भने । उनले गैर आवसीय नेपाली नागरिकताको बारेमा नेपाल सरकारले छुट्टै विधेयक तयार गर्न लागेको बताए ।

उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोवास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई बंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए । बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर