काठमाण्डौं । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी गणेश प्रसाद शर्मालाई पक्राउ गरेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१८ कारकादो स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं.९ बत्तिसपुतलीमा बस्दै आएका ४७ वर्षीय शर्मा एक करोड रुपैयाँ बिगोको बैंकिङ कसुर मुद्दामा फरार रहेका थिए।
उनीमाथि झापा जिल्ला अदालत, भद्रपुरबाट मिति २०८२।०१।२८ गते पक्राउ अनुमति जारी भएको थियो। इलाका प्रहरी कार्यालय अनारमनी, झापाले मिति २०८२।०२।०५ गते पक्राउ अनुमति पत्र बुझ्दै उनलाई खोजतलासका लागि प्रहरी टोली खटाइएको थियो। त्यसक्रममा काठमाण्डौं महानगरपालिका वडा नं.९ बत्तिसपुतलीबाट उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय, अनारमनी विर्तामोड, झापा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उक्त मुद्दा बाँके जिल्ला प्रहरी कार्यालयमा २०७९।१२।१४ गते दर्ता गरिएको थियो। प्रहरीले उनलाई पक्राउ गरेर न्यायिक प्रक्रिया अघि बढाएको जनाएको छ।