काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ४ रानीपाटी पानीट्याङ्की नजिकैको एक घरमा जुवा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका मध्ये प्रमुख व्यक्तिका रुपमा गुल्मी, रेसुङ्गा गाउँपालिका ८ घर भई हाल सोही घरमा डेरा गरी बस्ने ३२ वर्षीया उषा थापा रहेको प्रहरीले जनाएको छ। उनीसँगै राज कुमार शाही (५८ वर्ष), सन्तोष तामाङ (२६ वर्ष), दुर्गा बहादुर तामाङ (३६ वर्ष), तुलराम थिङ (२४ वर्ष), मन कुमार केरुङ लिम्बु (३४ वर्ष), धन बहादुर भोलन (३५ वर्ष) र राज कुमार तामाङ (२६ वर्ष) समेत पक्राउ परेका छन्।
घटनास्थलबाट नेपाली नगद रु. १,१०,६३० र तीन थान तासको बुक बरामद गरिएको छ। पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।