काठमाडौं । काठमाडौँ उपत्यकामा नक्कली डलर देखाएर ठगी गर्ने गिरोहका मुख्य व्यक्ति धन बहादुर तामाङ पक्राउ परेका छन्। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.३ धार्पा घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं.५ जोरपाटी बस्दै आएका २९ वर्षीय तामाङलाई गोकर्णेश्वर, जोरपाटी लगायतका क्षेत्रमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।२६ गते बुढानिलकण्ठ नगरपालिका वडा नं.११ कपनबाट उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाएको जनाएको छ।
यसअघि पनि तामाङमाथि नक्कली डलर देखाएर ठगी गरेको आरोपमा विभिन्न प्रहरी कार्यालयहरुबाट चारवटा मुद्दामा पक्राउ परेको रेकर्ड रहेको प्रहरीले जनाएको छ।