काठमाडौं, २८ जेठ । चर्चित गायिका मञ्जु थापाले काठमाडौंको डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा सञ्चालित ‘सौम्या कलेक्सन’को सोमबार एक विशेष कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।
सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठद्वारा सञ्चालनमा ल्याइएको ‘सौम्या कलेक्सन’ सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामग्री सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।
उद्घाटन कार्यक्रमको रिबन काटेर कलेक्सन सेन्टर सञ्चालनको शुभारम्भ गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले सञ्चालकद्वयलाई व्यावसायिक सफलताको शुभकामना दिनुभयो ।
सो अवसरमा सञ्चार, गीतसंगीत र कला क्षेत्रका थुप्रै व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो । मीठो स्वरकी धनी गायिका मञ्जु थापाका थुप्रै गीतहरू लोकप्रिय छन् ।