नेपाल प्रहरीको डी.एस.पी. भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने गिरोहका दुई जना पक्राउ — OSNepal

नेपाल प्रहरीको डी.एस.पी. भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने गिरोहका दुई जना पक्राउ

Kesh Karki (USA) June 11, 2025 0

काठमाडौं, २८ जेठ २०८२ – नेपाल प्रहरीको डी.एस.पी. रहेको बताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने गिरोहका दुई जना पक्राउ परेका छन्।

ठगी गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उक्त कार्यमा संलग्न रहेका काभ्रेपलाञ्चोक चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञान बहादुर लामा उर्फ ज्ञानु तामाङ र सुनसरी इटहरी उपमहानगरपालिका–४, पाचघरे घर भइ हाल कलंकी बस्दै आएका ४२ वर्षीय रेवती ओझालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका ज्ञान बहादुर लामाले यसअघि हातहतियार खरखजाना मुद्दामा ५ वर्ष जेल सजाय भुक्तान गरिसकेका छन्। साथै, उनीमाथि काठमाडौं जिल्ला प्रहरी परिसर, टेकुबाट केही सार्वजनिक अपराध र जुवा सम्बन्धी मुद्दा दर्ता रहेको समेत खुलेको छ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर