एनआरएनए अध्यक्ष महेश श्रेष्ठ अमेरिका भ्रमणमा, क्यालिफोर्नियामा नेपालीहरूसँग भेटघाट — OSNepal

एनआरएनए अध्यक्ष महेश श्रेष्ठ अमेरिका भ्रमणमा, क्यालिफोर्नियामा नेपालीहरूसँग भेटघाट

Kesh Karki (USA) June 13, 2025 0

क्यालिफोर्निया, अमेरिका — गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठ अमेरिका भ्रमणमा छन्। भ्रमणको क्रममा उहाँ क्यालिफोर्नियामा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग भेटघाट तथा संवादमा व्यस्त हुनुहुन्छ।

श्रेष्ठलाई सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष माधव मरासिनी, एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि प्रसाद ओझा तथा विभिन्न सामाजिक अभियन्ताहरूले स्वागत गरेका थिए।

अध्यक्ष श्रेष्ठको अमेरिका आगमनले क्यालिफोर्नियामा बसोबास गरिरहेका नेपाली समुदायमा उत्साहको वातावरण सिर्जना गरेको छ। उहाँले समुदायसँगको भेटमा नेपालको दिगो विकास, लगानीको सम्भावना तथा आपसी सम्बन्ध सुदृढीकरणका विषयमा संवाद गर्नुहुनेछ।

श्रेष्ठले नेपाली समुदायलाई मातृभूमिको समृद्धिका लागि आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह गर्दै, नेपाल र प्रवासी नेपालीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

श्रेष्ठको भ्रमणले एनआरएनए र प्रवासी नेपालीबीच सहकार्य तथा आपसी समझदारीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर