अक्सिजनको क्षेत्रमा ठूलो राहत पुग्ने दावीका साथ भारतले सार्वजनिक गर्‍यो कोरोनाको औषधि — OSNepal

अक्सिजनको क्षेत्रमा ठूलो राहत पुग्ने दावीका साथ भारतले सार्वजनिक गर्‍यो कोरोनाको औषधि

LC (KTM) May 17, 2021 0

काठमाडौं जेठ ३ । भारतले कोभिड १९ कोरोना भाइरसविरुद्ध तयार पारेको २–डीजी नामक औषधि आज सार्वजनिक गरेको छ ।आशाको किरण बोकेको उक्त औषधीको आज सोमबार भारतीय रक्षा मन्त्री राजनाथ सिंहले एक कार्यक्रम सार्वजनिक गरेका छन् ।

भारतमा नियन्त्रण बाहिर गएको कोभिड संक्रमितको लागि २–डीजी ग्लुकोज नाम दिएको यस औषधी निकै प्रभावकारी बन्ने मन्त्री सिंहले बताएका छन् ।यो औषधीले ४० प्रतिशत अक्सिजनको निर्भरता कम गर्ने जनाइएको छ ।

पाउडरको रूपमा तयार पारिएको यस औषधिलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा रहेका बिरामीलाई दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर