म किन बदलिने ?
कवि: जि. शाह
म, म हुँ
सधैं म, मै रहन्छु
म आफैलाई किन बदल्ने?
मेरो सोच मेरो हो
म जान्छु, त्यो जिउँदो छ
मेरो हृदय अनमोल छ
केही छ त प्रेम, त्यसको मोल हो
न छ त्यसलाई धनको लोभ
न चाहिन्छ त्यसलाई आलस्य, आराम
न चाहिन्छ त्यसलाई सस्तो वैभव
साधारण खाना भरि पुग्ने
चैनौको जीवन भरी जिउने
उही बदलिओस् त्यस्तो
जसको हृदय ढुंगा जस्तो
जो दर्दमा जिउँदो छ
तर बेजान बाँड्दै छ
उही बदलिओस् त्यस्तो
जो जीवनको मर्म, भाव
बाँचुन्जेल हेर्ने मात्र गर्छ
फेरि त्यही बेजान ज्ञानलाई
अनमोल ठान्छ र सन्देश बर्छ
उही बदलिओस् त्यस्तो
जो नचाहिने चीजको पछाडि दौडिन्छ
आत्मीयताको सट्टा पैसाको मोलमा फरिन्छ
म खुसी छु, न त कसैसँग
प्रतियोगितामा हिस्सा लिनु छ
म खुसी छु, न मैले कसैलाई
आफ्नो योग्यताको प्रमाण दिनु छ
यस्तो होइन कि मेरो केही सपना छैन
यस्तो पनि होइन कि मेरो केही लक्ष्य छैन
कुरा यत्ति मात्र हो —
मेरो खुसी हुनमा केही सर्त छैन
दिल यस्तो कुरामा खुसी हुन्छ
कि कोही कहिले मेरो घर आउँछ
मन यो देखेर नाच्न थाल्छ
कि आज पनि मेरो झ्यालबाट चन्द्रमा देख्छ
यो भाग्ने-दौडिने दुनियामा
खोज्छु दिलले आफन्तलाई
बढ्दै गएको ठाँउपनमा सम्झिन्छु —
मिल्नु र मिलाउनु जरुरी छ
स्पर्शको भावना मैले बुझेको छु
चन्द्रमा होइन, मान्छेलाई मैले छुन चाहेको छु
दिनौं बदलिन्छ यो संसार
तर म, म नै रहन चाहन्छु
बाहिर जस्तो देखिए पनि
भित्रभित्रै आफैलाई जिउँदो पाउन चाहन्छु।