दमन र उत्सवको गाईजात्रे झटारो ‘छताछुल्ल’ — OSNepal

दमन र उत्सवको गाईजात्रे झटारो ‘छताछुल्ल’

LC (KTM) August 09, 2021 0

आगामी ७ भदौमा परेको गाईजात्रालाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने क्रम जारी छ । यस्तैमा हास्य कलाकार दमन रुपाखती र उत्सब केसीले ‘छताछुल्ल’ नामक ब्यङ्ग्य​ले भरिएको गाईजात्रा कोसेली ल्याएका छन् । ‘छताछुल्लमा’ राजनीतिक र सामाजिक विकृतिलाई हास्य ब्यङ्ग्य मार्फत प्रस्तुत गरेको कलाकार दमन रुपाखेतीले बताए ।

‘छताछुल्लमा’ सुभास गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमिल्सिना ‘नक्कली ओली’, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डंगोल, सन्देश राउत, आयुस्मा पाण्डे, उत्सब केसी लगायतको अभिनय र ब्यङ्ग्य प्रस्तुति समेटिएको छ ।

कलाकार उत्तम केसी र दुर्गा केसी निर्माता रहेको गाईजात्रा ‘छताछुल्ल’मा सहनिर्माता सुमन फुयाल, छायाँकन ज्ञानकुमार कट्टेल र सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ । ‘छताछुल्लमा’ एउटा दोहोरी गीतको प्यारोडी समेत राखिएको छ । गत बर्ष ‘वार कि पार’ ल्याएको यो टिमले यसपटक ‘छताछुल्ल’ ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर