मेलिना राई र कुसल थलङको मारुनी भाका सार्वजनिक — OSNepal

मेलिना राई र कुसल थलङको मारुनी भाका सार्वजनिक

LC (KTM) August 09, 2021 0

काडमाडौँ, २४ साउन । मेलिना राई र कुसल थलङको आवाजमा रहेको “दुईदिने चोला” बोलको गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ ।

सुमन नेम्बाङ लिम्बूको शब्द, डिआर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको उक्त भिडियोमा विमला खजुम, मौसम लिम्बू इम्बुङ (फु?लेन्देको बाउ), सोनु थोक्लुङ, कुसल थलङ, करिश्मा क्षेत्री, कृष्टि मिभक, निश्चल कुलुङ लगायतको अभिनय रहेको छ ।

त्यसैगरी अनिल रानाको सम्पादन, दिनेश माङ्मुको निर्देशन र कोरियोग्राफी रहेको छ भने सहायक निर्देशनमा विष्णु मोक्तान, क्यामेरामा शीरकुमार राई र महेश सिग्देलको श्रृङ्गार रहेको छ ।

लिम्दुनी क्रिएनश डिजिटल स्टुडियोमा रेकर्ड गरिएको उक्त म्युजिक भिडियो कुसल थलङ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर