एआइजी दानबहादुर कार्कीको नयाँ बालगीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक — OSNepal

एआइजी दानबहादुर कार्कीको नयाँ बालगीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक

Kesh Karki (USA) June 13, 2025 0

काठमाडौँ, जेठ ३० – गीत लेखनमा समेत सक्रिय रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीद्वारा लेखिएको नयाँ बालगीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक गरिएको छ। राष्ट्रप्रेम, सांस्कृतिक चेतना र नेपाली पहिचानको भाव बोकेको यस गीतमार्फत कार्कीले नयाँ पुस्तालाई संस्कृति र भेषभूषाप्रति गौरव गर्न प्रेरित गर्न खोजेका छन्।

गीतमा संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ भने स्वर बाल गायिका अनुजा कँडरियाले दिएकी छन्। भिडियोमा बाल कलाकार आन्भी ओलीको अभिनय देख्न सकिन्छ।

गीतको सन्देशबारे एआइजी कार्की भन्छन्, “गुन्यु, चोलो र पटुकी नेपाली संस्कृति र भेषभूषाका अभिन्न अङ्ग हुन्। नयाँ पुस्ताले यी संस्कृति बिर्सिदै जान नदिन हामीले यस्ता सिर्जनामा ध्यान दिन जरुरी छ। यस गीतमा मैले मेरो देश र भेषभूषाप्रति गर्व गर्छु भन्ने भावना अभिव्यक्त गर्ने प्रयास गरेको छु।”

गीतको छायांकन, सम्पादन र कलरिङमा पवन सुस्लिङको योगदान रहेको छ भने भिडियो किरन थापाको निर्देशनमा तयार पारिएको हो।

यसअघि एआइजी कार्कीले प्रहरीको प्रवक्ता रहेका बेला ‘दसैँ–तिहार’ शीर्षकमा मार्मिक गीत सार्वजनिक गरेका थिए, जसले पनि निकै राम्रो प्रतिक्रिया पाएको थियो।

‘गुन्यु चोली पटुकी’ गीतले बालबालिकामार्फत सांस्कृतिक शिक्षालाई प्रवाह गर्ने उद्देश्य राखेको र राष्ट्रप्रेम तथा पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर