राजेन्द्र बजगाईंको ‘खै त मायाले कुरा बुझेको’ — OSNepal

राजेन्द्र बजगाईंको ‘खै त मायाले कुरा बुझेको’

LC (KTM) June 14, 2025 0

काठमाडौं ३१ जेठ । पछिल्लो समय राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजनमा एकपछि अर्को गीतको भिडियो सार्वजनिक भइरहेको छ । यसै क्रममा गायिका शर्मिला बर्देवा र प्रमोद शर्माको स्वरमा ‘खै त मायाले कुरा बुझेको’ गीतको भिडियो सार्वजनिक भएको हो । यसमा दिनेश राज पुरीको शब्द रहेको छ ।

स्टुडियो २१,म्युजिक किचन र स्टनवेल स्टुडियो लण्डनमा रेकडिङ्ग गरिएको गीतको मिक्स माष्टरिङ्ग मनोज परियारले गरेका हुन ।सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको गीतको भिडियोमा शुधिर श्रेष्ठ, बिना रावत, श्री स्वस्थानी तामाङ्ग लगायतको अभिनय रहेको छ । छायाकंन करन चैसीर, सम्पादन तथा कलर शिलन लम्सालले गरेका हुन् । ‘खै त मायाले कुरा बुझेको’ बोलको गीतलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर