काठमाडौँ । अभिनेता धिरेन शाक्य र मोडल मिस पबी एकसाथ देखिने भएका छन् । फिल्म किन लाग्छ मायामा उनीहरु एकसाथ देखिन लागेका हुन् । एसएण्डएस प्रोडक्सनको ब्यानरमा बन्ने फिल्म मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको हो। फिल्मको छायांकन असार पहिलो साताबाट सुरू गर्ने तयारी निर्माण टिमको छ। फिल्मका लागि कलाकारहरू समेत तय भइसकेका छन्। अभिनेता धिरेन शाक्यदेखि मोडल मिस पबीसम्मले यो फिल्ममा अभिनय गर्ने भएका छन्।
धिरेन र मिस पबीसहित राजेन्द्र खड्गी, सञ्जीत भण्डारी, ऋचा थापा, जाहन्बी बस्नेत, हिउँवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायत कलाकारहरूको अभिनय फिल्ममा रहने छ।फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन्। मेघले दर्जनौं म्युजिक भिडिओमा अभिनय गरिसकेका छन्। स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ।