काठमाडौँ । चर्चित गायक आशिष अविरल र सुमधुर स्वरकी धनि अन्जु पन्तको आवाजमा ‘मायाको एकैताल’ बोलको गीत सार्वजनिक भएको छ। तिन दिन अघि आशिष अविरलको आफ्नै युट्युब च्यानलमार्फत यो गित सार्वजनिक गरिएको हो। गीतको भिडियोमा प्रभात पल ठकुरी,लोमश शर्मा, जुना विश्वकर्मा फिचर्ड छन्।
एक नारायण भण्डारीको शब्द,आशिष अविरलकै संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन्। यस गीतमार्फत जातीय विभेदको घेरामा परेको प्रेमसम्बन्धको कथा देखाउन खोजिएको छ।
समाजमा सबैभन्दा उच्च पद र पावरको व्यक्ति कसरी आफ्नो प्रेममा हार्छ र जात- धर्म केहि नहेरी पानी नचल्ने जातकी युवतीलाई आफ्नी महारानी बनाउन तयार हुन्छ भन्ने मूल विषयवस्तुमा गीतको म्युजिक भिडियो तयार गरिएको छ। गीतले माया-प्रेम भन्दा ठुलो संसारमा केहि छैन भन्ने संदेश दिन्छ।
पछिल्लो समय आशिष अविरल अमेरिकामा छन्। उनी अमेरीका पुगेसँगै सांगीतिक टुरको पोस्टर समेत सेयर गरेका छन्। उनी अमेरिकामा कति समय रहनेछन् त्यो भने खुलाएका छैनन्।