काठमाडौं — लागू औषध कारोबारमा संलग्न दुई जना व्यक्ति भारतीय नम्बर प्लेटको स्यान्ट्रो गाडी सहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजार नजिक भारतीय नम्बर UP78CB9835 भएको स्यान्ट्रो कारमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले सो गाडीलाई नियन्त्रणमा लिएको हो।
प्राप्त सूचनाका आधारमा मिति २०८२ जेठ ३० गते राती ९ बजेको समयमा लागु औषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा गाडीको ढोकामा र डिक्कीमा रहेको खाली अक्सिजन सिलिन्डर भित्र लुकाई राखिएको अवस्थामा ८२,९०० ट्रमाडोल क्याप्सुल, नगद रु. ६५,०००, २ थान मोबाइल, १ थान अक्सिजन सिलिन्डर, र सोही भारतीय स्यान्ट्रो गाडी फेला पारेको हो।
पक्राउ परेका व्यक्तिहरू:
जिल्ला अदालत काठमाडौंबाट ११ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीको अनुसार, राजु मिजार विरुद्ध यसअघि पनि लागू औषध सम्बन्धी तीनवटा मुद्दा विभिन्न प्रहरी कार्यालयबाट दर्ता भइसकेका छन् – मिति २०७८/०८/०३ मा लागू औषध नियन्त्रण ब्यूरो, मिति २०८१/०३/०५ मा प्रहरी वृत्त जगाती, भक्तपुर र मिति २०८१/०४/०१ मा प्रहरी वृत्त थानकोट, काठमाडौंबाट।
लागू औषधको बढ्दो ओसारपसार र कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई तीव्र बनाएको छ।