काठमाडौं । विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना व्यक्तिहरूलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले दिएको जानकारी अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलब र वैदेशिक रोजगारीको सपना देखाएर ठगी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरी सम्बन्धित निकायमा अनुसन्धानका लागि पठाइएको हो।
पक्राउ परेकाहरूको विवरण यसप्रकार छ:
१. दिपा शर्मा (३५ वर्ष)
– स्थायी ठेगाना: कपिलवस्तु, शिवराज नगरपालिका–५
– हाल: काठमाडौं, बुढानीलकण्ठ नगरपालिका–११
– लक्ष्य देश: क्यानडा
– ठगी रकम: रू. २३ लाख ५० हजार
– पक्राउ मिति: २०८२ साल जेठ ३० गते
– पक्राउ स्थान: बुढानीलकण्ठ, काठमाडौं
– पीडित संख्या: १ जना
– अनुसन्धानको लागि पठाइएको कार्यालय: जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं
२. व्रिजेश सुवेदी (२७ वर्ष)
– स्थायी ठेगाना: झापा, भद्रपुर नगरपालिका–४
– लक्ष्य देश: युके (UK)
– ठगी रकम: रू. २ लाख ५० हजार
– पक्राउ मिति: २०८२ साल असार १ गते
– पक्राउ स्थान: काठमाडौं महानगरपालिका–१२
– पीडित संख्या: १ जना
– अनुसन्धानको लागि पठाइएको कार्यालय: वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं
उनीहरूलाई लामो समयसम्म वैदेशिक रोजगारीको नाममा झुक्याएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।