पाथीभरामाईले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल — OSNepal

पाथीभरामाईले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल

LC (KTM) August 10, 2021 0

मेषः– समयले आज पनि साथ दिने देखिन्न । विभिन्न खालका समस्या आउने छन् । मनमा अशान्ति बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अपरान्ह पछि समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउला ।

वृषः– समयको सदुपयोग गर्नु होला मध्यान्ह सम्म समय अनुकुल नै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापारबाट आम्दानी पनि हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । गलत विचार बढ्नेछ । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्चमा वृद्धि हुनेछ ।

मिथुनः– समयको गति सगै काममा सुधार आउनेछ । नयाँ नयाँ कामले प्राथमिकता पाउनेछ । विवादित कुराको टुङ्गो लाग्नेछ । आयत निर्यात व्यापार व्यवसायमा सुधार आउनेछ । विदेश यात्राको योजना बन्न सक्छ । पारिवारिक भेटघाट बढ्नेछ । लेनदेन कारोवार गर्दा भने सोच विचार गर्नु होला । इष्टमित्रको भर परेर काम नगर्नु होला ।

कर्कटः– दुविधा मुक्त भएर काममा लाग्नु होला । समयमा सहि निर्णय लिन सकिएन भने अवसर गुम्न सक्छ विचार पु¥याउनु होला । सफलताका सिढि चढ्नलाई लगनशिलता बढाउनु होला । व्यापार व्यवसायबाट थोरै लाभ हुनेछ । पठन पाठनमा थोरै प्रगति हुनेछ । अरुको भरमा नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

सिंहः– समय त्यति अनुकुल देखिन्न । हेलचक्र्याई नगरि काम गर्नु होला । आफन्तका कारण धन खर्च हुनेछ । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा खर्च बढि हुनेछ । अरुबाट सहयोगको आशा राख्नु गलत सवित हुनेछ । के गर्ने के नगर्ने भन्ने अन्योलता बढ्न सक्छ । यात्रामा समस्या आउनेछ । पढाई र सन्तानको बारेमा बढि चिन्ता हुनेछ ।

कन्याः–पूर्वान्ह अनुकुल छ समयको सदुपयोग गर्नु होला । काममा ढिला सुस्ति गरेमा अवसर गुम्ने सम्भावना रहन्छ । अपरान्हबाट समयले कम साथ दिनेछ । घरयासी समस्या बढ्ने छन् । भौतिक सुख सुविधामा कमि आउनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मनमा कुरा खेल्ने छन् । स्वास्थ्य कमजोर बन्नेछ ।

तुलाः– समय विस्तारै अनुकुल बन्दै आउनेछ । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । साथी भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । तर काममा साना तिना समस्या भने आउनेछन् ।

वृश्चिकः– समयमा गरेका काम सफल हुनेछन् । विचारमा परिवर्तन आउनेछ । उपलब्धिका धेरै हुनेछन् । नयाँ नयाँ कुरा सिक्न पाईनेछ । काममा ढिला सुस्ति भने नगर्नु होला आफैलाई घाटा हुनेछ । आफन्तबाट विश्वास घात हुनेछ । धन दिएर शत्रु नबढाउनु होला । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला ।

धनुः– आजको दिन पनि त्यति अनुकुल देखिदैन । स्वागत सत्कारमा धन खर्च हुनेछ । सोच विचार अरुको भरमा नपरि भ्रम मुक्त भएर काम गर्नु होला पढाई लेखाईमा मन कम जानेछ । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट आय आर्जन खासै बढ्ने छैन ।

मकरः–दिनको अधिकाँश समय अनुकुल नै देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । ढिला सुस्ति गरेमा उपलब्धि कम हात लाग्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सजिलो हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । बाह्य व्यक्तिको भर परेर काम गर्दा अवसर फुत्किनेछ । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, हानी नोक्सानी बढि हुनेछ ।

कुम्भः– समयले साथ दिने देखिन्छ । लगनशिल भई महत्वकाँक्षी नबनि काम गर्नु होला सफलता मिल्नेछ । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । कार्य क्षेत्रबाट बाहिर नजानु होला । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । विरोधीका कारण लाभान्वित हुने अवस्था आउन सक्छ ।

मिनः– दिन सामान्य खालको छ । लगनशिलता बढाउनु होला । अबरुद्ध योजना अगाडि बढ्ने छन् । वित्तिय कारोवारमा सुधार आउनेछ । अरुको भरमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सहयोगी मन भेटिने छन् । पढाई लेखाईमा सुधार आउनेछ । बाह्य कुरामा बढि ध्यान जदा उपलब्धिका काम कम हुनेछन् ।
(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः–यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो –पंडित श्रीकण्ठ सुराचार्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर