काठमाडौं, असार ७ – नेपालका उद्यमी, सीईओ र नीति निर्माताहरूको साझा मञ्चका रूपमा स्थापित नेपाल सीईओ सम्मेलन तथा पुरस्कार – २०२५ आउँदो अगस्त २२ काठमाडौंको हयात रिजेन्सी होटलमा आयोजना हुने भएको छ।
उक्त सम्मेलनमा नेपालसहित दक्षिण एशियाका करिब ५ सयजना प्रमुख कार्यकारी अधिकृत (सीईओ), व्यवसायी, उद्यमी, नीति निर्माता र विकास क्षेत्रका नेताहरूको सहभागिता रहने आयोजक समितिले जनाएको छ।
कार्यक्रमको मुख्य उद्देश्य दूरदर्शी नेतृत्वको सम्मान, उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्नु रहेको छ।
उच्चस्तरीय सहभागिता र संस्थागत समर्थन
सम्मेलनलाई सफल र विश्वासिलो बनाउने उद्देश्यले कार्यक्रमले FNCCI, CNI, NCC, FWEAN, FNCSI, NBA, DBAN र RBI जस्ता राष्ट्रिय संस्थाहरूको आधिकारिक समर्थन प्राप्त गरिसकेको छ। साथै अन्य सरकारी तथा निजी क्षेत्रका प्रतिष्ठित संस्थाहरूसँग सहकार्यको प्रक्रिया अगाडि बढाइएको छ।
प्रमुख अतिथि तथा वक्ता
सम्मेलनमा बङ्गलादेश बैंक (Bangladesh Bank) का गभर्नर डा. अहसान एच. मन्सुरलाई प्रमुख अतिथि तथा मुख्य वक्ताका रूपमा आमन्त्रण गरिएको छ।
त्यसैगरी, नेपालका सम्माननीय प्रधानमन्त्रीको कार्यालयसँग पनि समन्वय भईरहेको आयोजक समितिले जनाएको छ, जसअनुसार प्रधानमन्त्रीज्यू पुरस्कार समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने अपेक्षा गरिएको छ।
पुरस्कार समारोह
सीईओ सम्मेलन
पूर्ण दिन चल्ने उच्चस्तरीय व्यापारिक सम्मेलनमा नेपाली र दक्षिण एशियाली व्यवसायिक नेतृत्वको सहभागिता हुनेछ।
दर्ता शुल्क
दर्ताबाट प्राप्त हुने सुविधा:
कार्यक्रममा सहभागी भई सम्मेलनलाई सफल बनाउने आग्रह आयोजक समितिले सबै सरोकारवालालाई गरेको छ।
थप जानकारीको लागि:
✉️ Email: [email protected]
📞 फोन: +९७७-९७६९३३३२२८ (निर्मला रायमाझी), +९७७-९८४३९७२८५८ (सजिना महर्जन)