राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन : रावल — OSNepal

राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन : रावल

LC (KTM) August 10, 2021 0

काठमाडौं २५ साउन । नेकपा ९एमाले० का उपाध्यक्ष डा। भीम बहादुर रावलले आफुले नेकपा एमालेको एकताको लागि राष्ट्रपतिलाई मध्यस्थता गरिदन आग्रह नगरेको स्पष्ट पारेका छन् ।

सञ्चार माध्यममा आएको समाचनर मनगढन्त र भ्रामक हो नेता रावलले भनेका छन् । उनले समाजिक सञ्जाल फेसबुक मार्फत आफुले त्यस्तो आग्रह नगरेको भन्दै राष्ट्रपतिलाई पार्टी एकताको लागि मध्यस्थता गरिदिन आग्रह गर्न समेत नमिल्ने बताएका छन ।

‘राष्ट्रपतिसंगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो, उनले भनेका छन् , राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर