गीतकार डा.रिजाललाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ — OSNepal

गीतकार डा.रिजाललाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’

LC (KTM) June 23, 2025 0

काठमाडौंँ । गीतकार, कलाकार तथा फिल्म निर्माता डा. भोला रिजाल ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’बाट सम्मनित भएका छन् । विश्व संगीत दिवशको अवसर पारेर शनिबार नेपाल संगीतक संघले काठमाडाँैमा एक कार्यक्रम गर्दै पुरस्कार प्रदान गरेको हो । पुरस्कारमा नगद २५००० हजार समेत रहेको छ । डा. रिजाल चिकित्सा क्षेत्रका चर्चित गाईनोलजिस्ट पनि हुन् । रिजालको नेपाली कला र चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रादन गरिएको हो ।

कार्यक्रममा शिव शंकर मानन्धरलाई राष्ट्रिय साङगीतिक सम्मान तथा पुरष्कार, रत्न शमशेर थापा राष्ट्रिय साङगीतिक सम्मान तथा पुरस्कार, प्रेमध्वज प्रधान राष्ट्रिय साङगीतिक सम्मान तथा पुरष्कार, पुष्प नेपाली राष्ट्रिय साङगीतिक सम्मान तथा पुरष्कार , फत्तेमान राजभण्डारी राष्ट्रिय युवा तथा साङगीतिक सम्मान तथा पुरष्कार, शुभबहादुर सुनाम राष्ट्रिय साङगीतिक सम्मान तथा पुरष्कार, राजेश–लक्ष्मी नृत्य गुरु राष्ट्रिय साङगीतिक सम्मान तथा पुरष्कार र नेपाल सांगीतिक संघ राष्ट्रिय साङगीतिक सम्मान तथा पुरष्कार पनि बिभिन्न स्रष्ठाहरुलाई प्रदान गरिएको थियो ।

पुरस्कार पछिल्लो समय शपरिवार अमेरिका बस्दै आएका बहुप्रतिभाशाली ब्याक्तित्व लेखक–निर्देशक–सम्पादक बिकाश घले गुरुङले आफ्ना बाबु (लाल)– आमा (समुन्द्रा) गुरुङको स्मृतिमा ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरष्कार’ स्थापना गरेका हुन । अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी–प्रशिक्षक, नृत्य सिद्दान्त बिद्दसमेत रहेका गुरुङले अग्रजको सम्मान र नब युवाकबो प्रोत्साहनका लागि पुरस्कार स्थापना गरिएको जानकारी दिए ।

यो पुरस्कार यसअघि ओम प्रतिक गुरुङ, भिमार्जुन आचार्य, कोमल वलि, निर शाह, महजोडी र विजय लामाले प्राप्त गरिसकेका छन् । पुरस्कार प्रत्येक बर्षको जुन २१ अर्थात आजको दिन बाड्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर