काठमाडौं – युट्युबमा अत्यधिक रुचाइएको नेपाली सिरियलहरूमध्ये ‘कान्छी’ पनि एक हो । चर्चित कलाकार तथा निर्देशक आशा खड्काको लेखन, निर्देशन र निर्माणमा तयार गरिएको यो सिरियलले दर्शकमाझ विशेष स्थान बनाउन सफल भएको छ ।
सिरियलकी मुख्य पात्र आशा खड्कासँगै उनका श्रीमान सागर गौतम, रामचन्द्र अधिकारी, रमा थपलिया, कमला रेग्मी, सुशील पोखरेल, विजय देउजा लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ । विशेष गरी सिरियलमा छुच्ची माइजुको भूमिकामा देखिने पात्र पछिल्लो समय निकै चर्चामा छिन् । यही भूमिकाबाट चर्चामा आएकी कलाकार एक्कासि विभिन्न मिडियामा देखिन थालेकी छन् ।
ग्रामीण परिवेशमा आधारित सामाजिक तथा भावनात्मक कथावस्तुले भरिएको ‘कान्छी’ले हालसम्म १९५ भाग सार्वजनिक गरिसकेको छ । एक सातामै ३५ लाखभन्दा बढी दर्शकले हेर्ने गरेको यो सिरियलले डिजिटल क्षेत्रमा नयाँ कीर्तिमान राख्न थालेको छ ।
सिरियलले सिर्जनात्मक मूल्य, पारिवारिक सम्बन्ध र समाजको यथार्थतर्फ इंगित गर्ने प्रयास गरेको छ । सिरियलमार्फत कलाकारहरूले मात्र नभई निर्माण टिमले पनि राम्रो आम्दानी गरिरहेको छ । एक रिपोर्ट अनुसार, ‘कान्छी’ सिरियलले युट्युबबाट महिनामै लाखौं आम्दानी गर्ने गरेको छ ।
सिरियलको लोकप्रियता र सशक्त अभिनयका कारण छुच्ची माइजुका रूपमा देखिने कलाकारको खोजी मिडियामा तीव्र भएको हो । यतिबेला उनी आशा खड्कासँगको वास्तविक सम्बन्ध र पर्दा पछाडिको कथा सुनाउँदै मिडियामा सक्रिय देखिएकी छन् ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।