काठमाडौँ, असार १२ – नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘छुट्टै संसार’ सार्वजनिक भएको छ। बदल थापाको स्वरमा सजिएको यो गीतले प्रेम, सम्बन्ध र टुटफुटको भावनात्मक पक्षलाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ।
गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना छ भने संगीत पनि तिखत्रीकै रहेको छ। विशाल निरौलाको संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ रञ्जन राईले गरेका हुन्। गीत अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियो पक्षमा पनि गीतले दर्शकको ध्यान खिच्न सफल देखिएको छ। पुरू भण्डारी, बिनिता दहाल र दिनेश काठायत ‘काजी’ले अभिनय गरेको भिडियोलाई टेकराज अछामीले निर्देशन गरेका हुन्। छायांकन उमेश बहादुर शाहले गरेका छन् भने सम्पादन र रङ संयोजन पदम सुवेदीले गरेका छन्।
भिडियोको पोस्टर डिजाइन सुबास शाह र लक्ष्मण चौहानले गरेका छन्। गीत तथा भिडियोको निर्माण मुकेश सुवेदीले गरेका हुन्। ‘छुट्टै संसार’को अडियो तथा भिडियो ‘मुकेश सुवेदी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतले विशेषतः युवा पुस्ताको प्रेम, टुटन र छुटिएको सम्बन्धको कथालाई समेट्ने प्रयास गरेको छ। दर्शकहरूले सामाजिक सञ्जालमा भिडियोको भाव, संगीत र दृश्य संयोजनलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
‘छुट्टै संसार’ले नेपाली गीतसंगीतमा भावनात्मक कथावस्तु र प्राविधिक पक्ष दुवैमा सशक्त उपस्थिति दर्शाएको भन्दै संगीतप्रेमीहरूको रुचि बटुल्न थालेको छ।