महाकाली नदीमा तुईन तर्ने क्रममा बेपत्ता बनेको घटनामा एसएसबीको हात छैन– भारतीय जनता पार्टीका बरिष्ठ नेता डा. जोली — OSNepal

महाकाली नदीमा तुईन तर्ने क्रममा बेपत्ता बनेको घटनामा एसएसबीको हात छैन– भारतीय जनता पार्टीका बरिष्ठ नेता डा. जोली

LC (KTM) August 10, 2021 0

भारतीय जनता पार्टीका बरिष्ठ नेता डा. बिजय जोलीले महाकाली नदीमा तुईन तर्ने क्रममा बेपत्ता बनेको घटनामा भारतीय सुरक्षा बल एसएसबीको कुनै हात नरहेको जिकिर गरेका छन् । ओएस नेपालको अन्र्तराष्ट्रिय बहसमा पत्रकार एच बी ताम्राकार संगको कुराकानीका क्रममा उनले यो जिकिर गरेका हुन् ।

उनले यो घटना घट्नु दुःखद भए पनि यसमा एसएसबीको हात नरहेको दाबी गरे । उनले भने– नेपालका लागि मात्र हैन भारतका लागि पनि दुःखद कुरा हो । यो कुरा हामीले बिभिन्न संचारमाध्यम बाट थाहा पाए पछि भारतीय सुरक्षा बलसंग कुरा ग¥यो । तर यो घटनामा उनीहरुको हात नरहेको बुझेका छौ ।

एसएसबीको भनाई उधृत गर्दै बिजय जोलीले जब हामी महाकाली नदी आसपास सिमा क्षेत्रमा सुरक्षा गर्छाै त्यतिबेला जति भारती जनता प्रति चिन्तित हुन्छौ त्यति नै नेपाली जनता प्रति पनि उत्तरदायि छौ भन्ने उत्तर आफुले पाएको उनको धनाई छ । महाकाली नदीमा तर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले तुईन काटिदिदा जय सिंह धामी बेपत्ता भएको उनी संगै रहेका साथीले देखेका थिए नि भन्ने जिज्ञासामा जोलीले यो कुरा आफुहरु मान्न तयार नरहेको बताएका छन् ।

यद्यपी उनले यस्ता दुर्घटनाको पुनराबृति हुनु दुबै पक्षका लागि राम्रो कुरा नरहेको र घटनाका बिषयमा आवश्यक जाँच गर्न सकिने सुझाव भने दिएका छन् । नेपाल तथा नेपाली माथि पटक पटक यस्ता घटनाहरु भारत बाट किन हुने गर्छन् भन्ने प्रश्नमा उनी रिसाएका छन् । उनले जवाफ दिदै भन्छन्– जसले जे भन्यो त्यसैको पछि लागेर भारतीय सुरक्षाबल बिरुद्ध लाग्नु राम्रो हैन ।

ज्यान गएको छ यस कुरामा खेद ब्यक्त गरेको छु । हामी एकै पुर्खाको सन्तान हौ कसैले उकासेको भरमा अर्थात लहडमा लागेर भारत प्रति नकरात्मक देष्टिकोण राख्नु अत्यन्तै नराम्रो कुरा हो । उनले तितो यर्थाथ भन्दै नेपालमा बर्षाै देखी बिकास नहुनुको दोष पनि भारतलाई लाउने गरेको दाबी गरे । उनले राजनीति त नेपाल आफैले नै गरिरहेको बताउँदै आफुहरुले नेपाललाई एक असल छिमेकीको रुपमा सधै हेर्ने गरेको बताए ।

पुरा भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर