शंकर बिसिको तीज गीत ‘साइली छोरी’ सार्वजनिक, निर्देशन र कोरियोग्राफी आफैंले गरे — OSNepal

शंकर बिसिको तीज गीत ‘साइली छोरी’ सार्वजनिक, निर्देशन र कोरियोग्राफी आफैंले गरे

Kesh Karki (USA) June 28, 2025 0

काठमाडौँ – नेपाली लोकसंगीत क्षेत्रमा अभिनय, निर्देशन र कोरियोग्राफीमार्फत लामो समयदेखि सक्रिय शंकर बिसिको नयाँ तीज गीत ‘साइली छोरी’ सार्वजनिक भएको छ। गायिका देविका केसी र रामकुमार नेपालीको स्वरमा रहेको यस गीतमा शंकर बिसिले शब्द लेखेका छन् भने संगीत रामकुमार नेपालीकै रहेको छ।

शंकर बिसिले गीतको निर्देशन र कोरियोग्राफी पनि आफैं गरेका छन्। भिडियोमा शंकर बिसि र जुना विश्वकर्माको मुख्य अभिनय तथा आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरले गरेका हुन्।

दशकौं समयदेखि नेपाली सांगीतिक क्षेत्रमा समर्पित बिसिले पछिल्लो समय सर्जकको रूपमा समेत परिचय बनाएका छन्। लोक संस्कृति झल्किने तीज गीत ‘साइली छोरी’ मार्फत उनले सामाजिक सन्देश पनि दिन खोजिएको बताइएको छ।

लोकप्रियता कमाउन थालेको यस गीतले यस वर्षको तीज पर्वलाई थप रंगीन बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर