‘ढाँट्यो मायाले’ सार्वजनिक, अलिशा बास्तोला र गौरव हमालको अभिनयमा प्रेम र विछोडको कथा — OSNepal

‘ढाँट्यो मायाले’ सार्वजनिक, अलिशा बास्तोला र गौरव हमालको अभिनयमा प्रेम र विछोडको कथा

Kesh Karki (USA) June 28, 2025 0

काठमाडौं । गायिका सुमी पराजुलीको आवाजमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो गीत सुमी पराजुलीकै आधिकारिक युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो।

प्रेम, सहयोग, धोका र विछोडको मार्मिक कथा समेटिएको गीतमा अलिशा बास्तोला र गौरव हमालले अभिनय गरेका छन्। गाउँले परिवेश र विद्यार्थी जीवनमा आधारित प्रेमकथालाई भिडियोमार्फत उजागर गरिएको छ, जसले दर्शकलाई भावुक बनाउने विश्वास गरिएको छ।

गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका छन् भने शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्माले गरेका हुन्। रेकर्डिङ चन्द्रमान विश्वकर्माले सम्हालेका छन्। BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ।

भिडियोको छायांकन दिपक गिरी, मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्रेस डिजाइन तानी थापा र पोस्टर डिजाइन SD HOUSEले गरेका छन्। अमीर के.सी सहायक निर्देशकको भूमिकामा रहेका छन्।

‘ढाँट्यो मायाले’ गीतको लय, दृश्य र भावनात्मक सन्देशको संयोजनले दर्शकको मन छुने विश्वास लिइएको छ। उक्त गीत फेसबुक, युट्युब, स्पोटिफाइ, अमेजन म्युजिकलगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर