भारतमा घट्दै कोरोना : २४ घण्टामा दुई लाख ८१ हजार संक्रमित थपिए, ४ हजार १०६ जनाको मृ त्यु — OSNepal

भारतमा घट्दै कोरोना : २४ घण्टामा दुई लाख ८१ हजार संक्रमित थपिए, ४ हजार १०६ जनाको मृ त्यु

LC (KTM) May 17, 2021 0

नयाँ दिल्ली ३ जेठ – कोरोना महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् ।यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ८१ हजार ३६८ जना नयाँ संक्रमित भेटिएका हुन् । सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको २१ तारिखपछि हरेक दिन चार लाभन्दा बढी नै मानिस संक्रमित भएकोमा पछिल्ला केही दिनहरुमा यो संख्या घट्दै गएको देखिएको हो ।

त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा गएको २४ घन्टा यता यहाँका ४ हजार १०६ जनाको यो कारोना संक्रमणबाट मृ त्यु भएको छ । सोमबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोनाको संक्रमणबाट अहिलेसम्म २ लाख ७४ हजार ३९० जनाको ज्या न गएको पनि बताइएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४९ लाख ६५ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन । भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।

तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् । पछिल्ला केही दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या बढेसँगै ठूलो संकट बढ्दै गएको छ । यो संकटको सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति र अत्यावश्यक औषधि तथा अस्पतालमा अत्यावश्यक सेवाको पनि चरम अभाव भएको छ । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर