चलचित्र ‘कुम्भ’ नेपाली र हिन्दीमा एकसाथ मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने — OSNepal

चलचित्र ‘कुम्भ’ नेपाली र हिन्दीमा एकसाथ मङ्सिर १२ गतेबाट प्रदर्शनमा आउने

Kesh Karki (USA) July 04, 2025 0

काठमाडौं: बहुप्रतिक्षित चलचित्र ‘कुम्भ’ को प्रदर्शन मिति तय भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मङ्सिर १२ गते (नोभेम्बर २८) बाट देशभर प्रदर्शनमा आउने भएको हो। चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ रिलिज हुनेछ।

ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण गरिएको चलचित्र एक्सन विधामा आधारित छ। चलचित्रमा नव कलाकार अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेल, साथै अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्का मुख्य भूमिकामा देखिनेछन्।

चलचित्रमा दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको पनि विशेष भूमिका रहेको छ, जसले चलचित्रमा अन्तरदेशीय विविधता थप्ने विश्वास गरिएको छ।

चलचित्रको छायांकन स्वयं निर्देशक श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरेका छन्। रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह निर्माताको रूपमा संलग्न छन्। कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन्।

चलचित्रको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका हुन् भने श्री राम बालाजी फिल्म्सले वितरण अधिकार लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर