निराजन प्रधानको निर्देशनमा ‘माया बस्यो’ सार्वजनिक, केकी र राघवको अभिनय — OSNepal

निराजन प्रधानको निर्देशनमा ‘माया बस्यो’ सार्वजनिक, केकी र राघवको अभिनय

Kesh Karki (USA) July 04, 2025 0

काठमाडौं: चर्चित मोडल तथा कलाकार निराजन प्रधान निर्देशनमार्फत रंगीन दुनियाँमा पुनरागमन गरेका छन्। ‘माया बस्यो’ नामक गीतको म्युजिक भिडियोमार्फत उनले आफ्नो निर्देशन डेब्यु गरेका हुन्।

सुगम पोखरेल र समीक्षा अधिकारीको आवाजमा रहेको यस गीतमा केकी अधिकारी र राघव दाहालको अभिनय रहेको छ। फोटो कथा शैलीमा निर्माण गरिएको भिडियो एक प्रेमिल जोडीको कथा हो, जसको प्रेम पहिलो नजरबाट सुरु भएर सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बनिन्छ।

सरगम घतानद्वारा लेखिएको गीतले एकअर्कालाई खुलेर तारिफ गर्ने, जीवनभर साथ दिने प्रणको कथावाचन गर्छ।

गीतमा योगेश काजी शाहको संगीत तथा एरेन्ज रहेको छ भने मनोज परियारले मिक्सिङ र मास्टरिङ गरेका छन्। अर्जुन तिवारीको छायांकन, सुरेश काफ्लेको ड्रोन सट, प्रवीन श्रेष्ठको सम्पादन तथा रंग संयोजन, र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियो समग्र रूपमा सशक्त प्रस्तुत गरिएको छ।

निराजन भन्छन्, “निर्देशन पनि गरौँ भन्ने इच्छा पहिलेदेखि नै थियो। अब आएर त्यो अवसर मिल्यो। अभिनयमा जस्तो माया पाएको थिएँ, निर्देशनमा पनि त्यस्तै साथको अपेक्षा गरेको छु।”

सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसको सहकार्यमा तयार गरिएको भिडियोकी निर्मात्री सनुस्का दाहाल हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर