११ दिनअघि मात्रै प्रेमिकासंग विवाह गरेका २८ बर्षिए खेलाडिको कार दुर्घटनामा मृत्यु — OSNepal

११ दिनअघि मात्रै प्रेमिकासंग विवाह गरेका २८ बर्षिए खेलाडिको कार दुर्घटनामा मृत्यु

LC (KTM) July 04, 2025 0

काठमाडौं । लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको २८ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ । जोटा र उनका दाजु आन्द्रे सिल्भा सवार ल्याम्बोर्गिनी कार स्पेनको जामोरा प्रान्तमा दुर्घटनाग्रस्त हुँदा उनको मृत्यु भएको हो ।

प्रि–सिजन प्रशिक्षणका लागि जोटा लिभरपुल फर्कँदै थिए । यसअघि जोटाको एउटा सानो शल्यक्रिया गराएका कारण डाक्टरको सल्लाहमा हवाई यात्रा नगरी कारमार्फत यात्रा गरिरहेका थिए ।

जोटाले दुर्घटनाको ११ दिनअघि मात्रै आफ्नी प्रेमिका रुटे कार्डोसोसँग विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् ।
लिभरपुल क्लबले जोटाको मृत्युलाई क्लबको सीमाभन्दा परको एक त्रासदी भनेको छ । समर्थकहरूले एन्फिल्ड रंगशालाबाहिर उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर