नाजिर र रिस्ता बस्नेत फिचर्ड लभ सर्कल’को गीत सार्वजनिक — OSNepal

नाजिर र रिस्ता बस्नेत फिचर्ड लभ सर्कल’को गीत सार्वजनिक

LC (KTM) August 11, 2021 0

काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को गीत सार्वजनिक गरिएको छ। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्। लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने उदेश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण गरिएको चलचित्र मि टिभीको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन,मुकुन भुषाल,पवित्रा आचार्य र रिस्ता बस्नेत फिचर्ड छन् । चलचित्रमा यी चार कलाकार बाहेक रबिन्द्र झा र सुमन कोइरालाको समेत अभिनय रहेको छ। सार्वजनिक ‘ओ मैया’ बोलको गीतमा अंकित बाबुको स्वर संगीत तथा शब्द रचना रहेको छ। स्वरमा अंकित बाबुलाई बिध्या तिवारीले साथ दिएकि छन भने शब्दमा अन्वेष थुलुङ्ग राईले साथ दिएका छन्। पवित्रा आचार्यको कोरियोग्राफी रहेको गीत रोमान्टिक फ्लेभरको बनेको छ।

चलचित्र ‘लभ सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत,श्रीधर पौडेलको पोस्टर फोटोग्राफी,मुख्य सहायक निर्देशक बिनय पौडेल,लेखन अभिमन्यु निरवी,कलर राजेन्द्र मोक्तान,छायाँकन दिब्य सुबेदी,कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहील खान र मिलन श्रेष्ठको रहेको छ। आगामी २९ गते बाट चलचित्र डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने छ। यस संगै सम्पूर्ण डिजिटल प्लेट फर्ममा पनि चलचित्र प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए। गीत ओएसआर डिजीटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर