किन चलाइयो महाकविको ‘मन्दिर’ मा प्रज्ञाको डोजर ? — OSNepal

किन चलाइयो महाकविको ‘मन्दिर’ मा प्रज्ञाको डोजर ?

LC (KTM) August 11, 2021 0

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको उद्देश्यमध्ये एक हो, भाष, साहित्यका विद्वान् एवं प्रतिभाहरुको सम्मान ।

तर, प्रतिष्ठानले संग्रहालय बनाउने नाममा महाकवि लक्ष्मी प्रसाद देवकोटाको ऐतिहासिक घर भत्काएको छ । जीर्णेद्धार गरी संरक्षण गर्नुपर्नेमा महाकविको सग्लो इतिहास नामेट पारेको भन्दै लेखक, साहित्यकारदेखि सम्पदा विज्ञसम्मले आलोचना गरिरहेका छन् ।

मैतीदेवी मन्दिरनजिकै शास्त्रीमार्ट टोलाम महाकवि देवकोटाको घर अर्थात कुविकुञ्ज थियो । कविकुञ्ज साहित्यको मन्दिर थियो । साहित्यानुरागी पूजा गर्न जाने तीर्थस्थल थियो ।

केही दिनअघिसम्म महाकविको छायाँ बोकेर उभिएको थियो । जहाँ महाकविको कलम चलाएका कोटा, चोठा थिए । जहाँ महाकविले कलम चलाएका कोटा, चोठा थिए ।याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ । स्पर्श गरेका भिक्ता र भुइँहरु थिए । उनी बसेका कुर्सी थिए । महाकविकै माया पाएका पदचाप भेटिन्थे । जुन घरले महाकविलाई सर्जिना गर्न साथ दिइरह्यो ।

देवकोटालाई नजिकबाट अनुभूत गराउने त्यो घर एउटा ‘जीवित’ इतिहास थियो । कविकुञ्ज परिसरमा आइतबार पुग्दा डोजर चलिरहेको थियो ।

बाँकी रहेका संरचनामा डोजर चलाइँदै थियो । एकातिर मक्किएका काठ थुपारिएको थियो । अर्कोतिर काँचो इँटाका टुक्राटाक्री थिए । महाकवि देवकोटाकी माइली छोरी अम्बिका रिमालले छेउमै भत्किरहेका घर हेर्दै बुवासँगको सम्झना साटिन् ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर