तुलसीपुरमा प्राकृतिक धरोहरका रुपमा रहेको हात्तीढुङ्गा ढल्यो — OSNepal

तुलसीपुरमा प्राकृतिक धरोहरका रुपमा रहेको हात्तीढुङ्गा ढल्यो

LC (KTM) August 11, 2021 0

तुलसीपुर उपमहानगरपालिका– १४ स्थित ड्वाङपुरमा प्राकृतिक धरोहरका रुपमा रहेको हात्तीढुङ्गा ढलेका अवस्थामा । संरक्षणका अभावमा ढलेको स्थानीय बासिन्दा बताउँछन् ।

किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब-किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले रु १५ लाखको लगानीमा स्वास्थ्य कार्यालयमा सो ल्याब स्थापना गरेको छ ।किटजन्य रोग बाहकका रूपमा रहेका लामखुट्टे र भुसुनाजस्ता किटाणुबारे जानकारी लिन सुदूरपश्चिम प्रदेशमै पहिलोपटक सो ल्याब स्थापना गरिएको राजपुरस्थित डोटी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताउनुभयो ।

“मानव स्वास्थ्यमा हानी पु¥याउने विभिन्न किटाणुको अध्ययन गर्ने एकमात्रै प्रयोगशाला मकवानपुर जिल्लाको हेटौँडामा मात्र छ”, उहाँले भन्नुभयो, “प्रयोगशालाका दक्ष जनशक्तिले देशभरिका विभिन्न स्थानमा पुगेर किटाणुको अध्ययन गर्दै आएका थिए तर थोरै जनशक्ति र एउटै ल्याबले सबै प्रदेशमा आवश्यकतानुसार अन्वेषण गर्न नसक्ने भएकाले यहाँ फैलिने विभिन्न किटजन्य रोगको अध्ययनका लागि ल्याब सञ्चालनमा ल्याएका छौँ ।”

औलो रोग फैलाउने एनोफिलिज लामखुट्टे र कालाजार रोग फैलाउने भुसुनाका बारेमा विस्तृतरूपमा अध्ययन गर्न ल्याब सहयोगी हुने निर्देशक अवस्थीको भनाइ थियो । कञ्चनपुरमै औलो माइक्रोस्कोपिक तालीम केन्द्रसमेत रहेको छ । यी दुवै ल्याब एकैठाउँमा स्थापना गरिएकाले विभिन्न किटजन्य रोग निवारणका लागि सहयोगी हुने भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा प्रदेश स्वास्थ्य निर्देशनालयले औलो रोग बढी फैलिएका क्षेत्रमा हरेक महिनामा एक हप्ताको कार्यतालिका बनाई १२ महिनासम्म लामखुट्टेको आनीबानी अध्ययन गर्ने भएको छ ।

कार्यक्रमअनुसार यही साउन २५ गतेदेखि भीमदत्त नगरपालिका–९ र १० लाई केन्द्रविन्दु मानी औलो रोग सार्ने लामखुट्टेको अध्ययन शुरु गरिएको निर्देशनालयका स्रोतव्यक्ति हेमराज जोशीले बताउनुभयो । यसबाट लामखुट्टेको नयाँ प्रजाति पहिचान हुनाका साथै आनीबानीसमेत थाहा हुने र किटनाशक विषादी तथा किटनाशक झुलको प्रभावकारिताबारे पनि अध्ययन गर्न सकिने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर