चर्चित नायिका नयनताराले गरिन् प्रेमीसँग इन्गेमेन्ट — OSNepal

चर्चित नायिका नयनताराले गरिन् प्रेमीसँग इन्गेमेन्ट

LC (KTM) August 11, 2021 0

एजेन्सी-दक्षिण भारतीय फिल्मकी चर्चित नायिका नयनताराले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी तथा निर्देशक विग्नेश शिवनसँग इन्गेजमेन्ट गरेकी हुन् । नी दक्षिण भारतीय फिल्ममा महंगी अभिनेत्रीका रुपमा परिचित उनले हालै विजय टेलिभिजनको ट्वीटर हेण्डलमार्फत एक प्रोमो शेयर गरेकी छन् । प्रोमोमा अभिनेत्रीले इन्गेजमेन्ट गरिरहेको देख्न सकिन्छ ।

भिडियोमा नयनताराले इन्गेजमेन्टको औठी लगाएकी छन् । यसो त तारा आफैले पनि शिवनसँग इन्गेजमेन्ट गरेको स्विकारेकी छन् ।फिल्मी अभिनयले मात्र होइन, निजी जीवनका कारण पनि चर्चामा आइरुहने उनी दक्षिण भारतीय फिल्म जगतमा अत्यन्तै रुचाइएकी नायिका हुन् ।

उनी चाँडै अभिनेता शाहरुख खानका साथ बलिउडमा डेब्यू गर्दैछिन् । नयनताराले ‘वेलइक्करन’, ‘इमइक्का नोडिगल’, ‘कोलाइथुर कालम’, ‘जय सिम्हा’, ‘कोको’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर