सिरहामा खोलामा ट्र्याक्टर पल्टिँदा ३० वर्षीय अरुणको मृत्यु, फरार रहेका ट्र्याक्टर चालक र ट्र्याक्टर धनीको खोजि गर्दे प्रहरी — OSNepal

सिरहामा खोलामा ट्र्याक्टर पल्टिँदा ३० वर्षीय अरुणको मृत्यु, फरार रहेका ट्र्याक्टर चालक र ट्र्याक्टर धनीको खोजि गर्दे प्रहरी

LC (KTM) August 11, 2021 0

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ ।

नम्बर मेटिसकेका ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्र्याक्टर मजदुरको रुपमा काम गर्ने बताइएको छ ।

ट्र्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्र््याक्टरका चालक र ट्र्याक्टर धनी फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर