कोरोना संक्रमित भएका कलाकार रवी उपचार पछि अस्पतालबाट घर फर्किए — OSNepal

कोरोना संक्रमित भएका कलाकार रवी उपचार पछि अस्पतालबाट घर फर्किए

LC (KTM) May 17, 2021 0

काठमाडौंँ । चर्चित हास्य कलाकार रवी​ डंगोल कोरोनाको उपचारपछि कोरोनालाई जितेर घर फर्किएका छन् । उनले सामाजिक संजाल मार्फत आफुले कोरोना जितेर घर फर्किएको बताएका छन् । ९ दिन ललितपुरको निदान अस्पतालको उपचारपछि उनी घर फर्किएका हुन् ।

उनले आफ्नो उपचारमा सहभागी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएका छन् । कलाकार डंगोलले आफ्नो धर्मपत्नी जुनु डंगोललाई पनि कोरोना पोजिटिभ देखिएको उल्लेख गर्दै घरसम्मै अक्सिजनको सहायताले उपचार भइरहेको समेत जनाए ।

डंगोलले सामाजिक संजालमा लेखका छन् ‘धेरै दिनदेखि कोरोनासँग जुधिरहेको छु । ९ दिन धेरै सकस र कठिनपूर्ण घरमै र ९ दिन निदान अस्पतालको उपचारपछि हिजो घर फर्केको छु ।’ ‘यहाँहरु सबैको साथ, सहयोग र उच्च आत्मबलले मात्रै कोरोनालाई जित्न सकिन्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर