तास खेलिरहेको अवस्थामा मोटो रकम सहित २१ जना समातिए — OSNepal

तास खेलिरहेको अवस्थामा मोटो रकम सहित २१ जना समातिए

LC (KTM) August 12, 2021 0

काठमाडौं, २८ साउन-काठमाडौं महानगरपालिका-१६ पक्नाजोल बस्ने हसिम अख्तरको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-२६ बस्ने बाग्लुङ वुर्तिवाङ गाउँपालिका(६ घर भएका ३३ वर्षीया नरमाया बुढामगर लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६९ हजार ८ सय ६० रुपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो ।

त्यस्तै कास्की पोखरा महानगरपालिका(१० उत्तमचोक डेरा गरी बस्ने ३५ वर्षीया सरु गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा सरु लगायत १३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ५१ हजार ५ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । nयस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर