अझै रोकिएनन् बालविवाह — OSNepal

अझै रोकिएनन् बालविवाह

Kesh Karki (USA) August 12, 2021 0

कालीकोटमा बालविवाहको घटना बढ्दै गएका छन् । गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अपराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले त्यस्ता घटना वृद्धि भएको हो ।

किर्डाक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाका अनुसार सन् २०२० मा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा ४३४ विवाह भएको मध्ये १६९ कम उमेरमा भएको थियो ।

बालविवाहविरुद्ध अभियान निरन्तर सञ्चालनमा रहेको छ । यस वर्षको वैशाखयता मात्र बालविवाहका १४ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । “दुई विवाहमा भने मुद्दा चलाइएको छ ।” कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भन्नुभयो, “बालिकाका अभिभावकले उजुरी दिएपछि विवाह गर्ने बालबालिकालाई सम्झाएर घर पठाइएको छ ।”

बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताउनुभयो ।

बालविवाहको कारण दाम्पत्य जीवनमा समेत असर गर्ने गरेको र घरेलु हिंसा हुँदै सम्बन्धविच्छेदसम्म हुने गरेका जनाइएको छ । जिल्ला अदालतमा २३ सम्बन्धविच्छेदका मुद्दा परेका मध्ये ८० प्रतिशत बालविवाहका कारण सम्बन्धविच्छेदसम्म पुगेको सूचना अधिकारी निरीक्षक शाहीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर