बाँदर धपाउन कृषकलाई यन्त्र वितरण — OSNepal

बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

Kesh Karki (USA) August 13, 2021 0

भोजपुर, २९ साउन (रासस) ः बाँदरको बथान आएर बालीनाली सखाप बनाउन थालेपछि चिन्ता रहेका किसानलाई उपकरण प्रदान गरिएको छ ।
मकै तथा अन्यबालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो ।

सो यन्त्रले बन्दुक पड्केझै आवाज दिने हुँदा बाँदर भगाउन सजिलो हुने अनुमान गरिएको छ । यतिबेला बारीमा मकैको याम छ, १०० देखि १५० सम्मको हुलमा आउने बाँदरको समूहले हामीलाई बाली जोगाउन मुस्किल परेको छ । स्थानीय कृषक दिनेश विकले भन्नुभयो, “बालीनाली त लगाइन्छ, हुलमा १०० देखि १५० आउने बाँदरले बाली जोगाउन नै मुुस्किल हुन्छ, ठूलोलाई त लखेटनसमेत समस्या हुन्छ। अब चाहिँ यो यन्त्रले केही सहज होला भन्ने आशा छ ।”

प्लाष्टिकको पाइपबाट निर्माण गरिएको यन्त्रमा कार्बाइड र पानीको मिश्रण गरी ग्यास उत्पादन गरेपछि ठूलो आवाजमा पड्कने गर्छ । कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले भन्नुभयो, “उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सहज हुन्छ । कृषकलाई बाली जोगाउन समस्या भएकाले परीक्षणस्वरूप केही थान उपकरण वितरण गरेका छौँ ।”

बर्षेनी जिल्लामा बाँदर आतङ्कबढ्दै जान थालेकाले खेतीयोग्य जमिनमा समेत बाली लगाउन छाडिएको र जिल्लाका तल्लो भेगका अघिकांशले यसै कारण बसाइँसराइ गरेका छन् । पछिल्लो एक दशकयता बाँदरले बारीमा लगाएको सबै अन्नबाली नष्ट गर्दै आएको कृषकको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर